

ट्विटरमा दुई घन्टा लामो भिडियो अपलाेड गर्न सकिने

काठमाडौं – अब ट्विटरमा २ घन्टा लामो भिडियो अपलाेड गर्न सकिने भएको छ ।
सोसियल प्लेटफर्म ट्विटरका प्रमुख एलन मश्कले सो जानकारी दिएका हुन ।
उनले भनेका छन, ‘अब ब्लु टिक भेरिफाईड प्रयोगकर्ताले ८ जिबीका २ घन्टा लामो भिडियो आफ्नो खातामा अपलोड गर्न सक्ने छन् ।’

