प्रधानमन्त्री सित प्रश्नोत्तर: काँग्रेसले तय गर्यो सांसदको नाम


काठमाडौँ – संसद् बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न सोध्ने सांसदको नामबारे जानकारी गराएको छ ।

प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सित प्रश्नोत्तर हुँदैछ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले काँग्रेसबाट प्रधानमन्त्रीलाई प्रश्न सोध्ने सांसदको नाम टिपाएका हुन् ।

काँग्रेसका तर्फबाट पूर्वमन्त्री समेत रहेका सांसद दिलेन्द्रप्रसाद बडू, रामहरि खतिवडा र ईश्वरी न्यौपानेले प्रश्न सोध्ने तय गरिएको छ ।

प्रतिक्रिया