नक्कली शरणार्थी प्रकरणः हज समितिका अध्यक्ष मियाँ पक्राउ


काठमाडौं — नक्कली शरणार्थी प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।

पछिल्लो अवस्थामा पक्राउ परेकाहरुसँग बयान लिने क्रममा ठगीको क्रममा उनको गाडी प्रयोग भएको भन्दै प्रकरणासँग जोडिएपछि मियाँ पनि पक्राउ परेको जनाइएको छ ।

यस प्रकरणमा पैसा ओसारपसारसहितको कामका लागि मियाँले चढ्ने गाडी प्रयोग हुँदै आएको तथ्य फेला परेको थियो ।

प्रहरी स्रोतका अनुसार यस प्रकरणमा मियाँको पनि संलग्नता पाइएपछि बिहीवार सिंहदरबार परिसरभित्रैबाट पक्राउ गरिएको हो । उनले चढ्ने गाडी भने यसअघि नै प्रहरीले नियन्त्रणमा लिइसकेको थियो ।

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री, गृहमन्त्री, पूर्व सांसद, बहालवाला सचिवसहित १४ जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया