प्रदेश प्रमुख शर्माद्वारा प्रदेशसभाको बैठक आह्वान


मकवानपुर – बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशसभाको १२औँ अधिवेशन बैठक आह्वान गरेको छ ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधार १ बमोजिम यही जेठ ९ गते अपराह्न १ बजे बस्ने गरी आज आह्वान गरेका छन् ।

बागमती मन्त्रिपरिषद्को आइतबार बसेको बैठकबाट सिफारिस भई आएअनुसार, प्रदेश प्रमुख शर्माले संवैधानिक प्रक्रिया पूरा गरी बैठक आह्वान गरेको प्रदेश प्रमुख शर्माको प्रेस संयोजक शिवप्रसाद चौलागाईंले जानकारी दिए ।

प्रतिक्रिया