

ब्रेकिङः रामकुमारी झाँक्रीलाई पक्राउ गर्न पुग्यो प्रहरीको अपराध महाशाखा टोली

काठमाडौं– नेकपा नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीको अपराध महाशाखाको टोली शंखमुलस्थित घर पुगेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिमा सोधपुछ गर्न प्रहरीले झाँक्रीलाई बोलाएको थियो। आफैं उपस्थित नभएपछि महाशाखाको चार जनाको टोली झाँक्रीलाई लिन उनको घर पुगेको हो।
राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएपछि उनलाई पक्राउ गर्न माग गरिएको थियो। विहीबारको सभामा पनि उनले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेकी थिइन्।
गोरखामा भएको एउटा सभामा झाँक्रीले राष्ट्रपति भण्डारीविरुद्ध अभिव्यक्ति दिएकी थिइन्। सेतो सारीलगायतका विवादीत अभिव्यक्ति दिएर अपमान गरेपछि अभद्र व्यवाहारको मुद्दा चलाउन लागिएको हो।
नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहकी नेत्री झाँक्रीलाई पक्राउ गर्न भन्दै अखिल नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाएको थियो।
सो क्रममा गृहमन्त्री थापाले पक्राउ गरी कारबाहीको प्रक्रिया बढाउने आश्वासन दिएका थिए।

