
‘फरार’ सचिव रायमाझीलाई एमालेले गर्यो निलम्बन
काठमाडौं — भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी पार्टीबाट निलम्बनमा परेका छन्।
पार्टीका महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गरी उनलाई पार्टीबाट निलम्बन गरिएको जानकारी दिएका छन्।
रायमाझी पक्राउ पुर्जी जारी भएपछि फरार छन्। एमालेले उनी पार्टीको सम्पर्कमा नरहेको बताउँदै आएको छ।



कागजपत्र |
