खाँण पक्राउ परेलगत्तै देउवा निवासमा निकटबीच छलफल


काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानपछि पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकटका केही नेतासँग छलफल गरेका छन् ।

बुधबार बिहान निवासबाटै खाँण पक्राउ परेपछि देउवाले उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री महेन्द्र यादव, तरुण दलका पूर्व अध्यक्ष जितजंग बस्नेत र वर्तमान अध्यक्ष विद्वान गुरुङ लगायतसँग छलफल कांग्रेस स्रोतले जानकारी गराएको छ ।

सभापति देउवाले छलफलमा बोलाएका नेतामध्ये खड्काबाहेक अरु खाँण निकटका व्यक्ति हुन् । सभापति देउवासँग नेताहरुले दुई घण्टा बढी धुम्बाराहीमा छलफल गरेका हुन् ।

तरुण दलमा खाँणको बलियो पकड रहेको छ । देउवाले विगतमा तरुण दलका वर्तमान र पूर्व अध्यक्षहरुलाई बोलाएर छलफल गरेका हुन् ।

प्रतिक्रिया