झापामा बस्ने भनिएकाे एमाले केन्द्रीय कमिटी बैठक काठमाडौं सर्‍याे


काठमाडौं – नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक सरेको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यसअघि झापामा राखिएको बैठक काठमाडौं सारिएको जानकारी दिए ।

उनले संसद् बैठक आह्वान भएको अवस्थामा संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले झापामा तय गरिएको बैठक काठमाडौंमा सारिएको बताए ।

उनका अनुसार बैठक यही वैशाख २८-३० सम्म केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने भएको छ । यसअघि झापामा बस्ने भनिएको बैठक यही वैशाख २९ देखि ३१ सम्म तोकिएको थियो ।

केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नका लागि यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको छ ।

प्रतिक्रिया