प्रधानमन्त्रीसँगको भेटपछि ओलीले भने- टोपबहादुर मेरो सम्पर्कमा हुनुहुन्न


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको बताएका छन् । आज (शनिबार) सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेपछि उनले सचिव रायमाझी आफ्नो सम्पर्कमा नरहेको बताएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले रायमाझी विरुद्ध पक्राउ पुजी जारी भएपछि सम्पर्कबिहिन भएका छन् ।

नेपालीलाई फजी काजग खडागरी भुटानी शरनार्थी बनाई अमेरिका पठाउने भन्दै ठगी गरेको आरोप लागेका रायमाझीको विषयमा भइरहेको अनुसन्धानबारे छलफल गर्न ओली आज सिंहदरबार पुगेका थिए ।

भेटपछि सञ्चारकर्मीहरूको प्रश्नमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीको अवस्थाबारे आफू अनभिज्ञ रहेको बताएका हुन् । उनले भने, ‘मेरो सम्पर्कमा हुनुहुन्न । तपाईंहरु नै बताइदिनुस् ।’ अपराधीलाई जोगाउन लाग्नुभएको हो भन्ने प्रश्नमा ओलीले केहीले यस्तो गलत हल्ला चलाएको स्पष्टीकरण दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीसँग अध्यक्ष ओलीको यो दोस्रो भेट हो । गत बिहीबार पनि दुई नेताबीच यसै विषयमा छलफल भएको थियो । भेटपछि ओलीले निर्दोषलाई फसाउन खोजे नसहने चेतावनी दिएका थिए ।

प्रतिक्रिया