

नक्कली शरणार्थी प्रकरणमा कसैको दबाबले अनुसन्धान रोकिदैन – प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा कसैको दबाबले अनुसन्धान नरोकिने बताएका छन् ।
आज शनिबार सिंहदरबारमा एमाले अध्यक्ष ओलीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउनेमाथि कारबाही गर्ने विषयमा आफूहरू दबाबमा नपर्ने बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले आजको भेटमा अध्यक्ष ओलीले उक्त प्रकरणको अनुसन्धानबारे चासो राखेको कुरा जानकारी दिए। उनले भने, ‘आज ओलीजीले अनुसन्धानबारे कन्सर्न राख्नुभयो। प्रधानमन्त्रीसँग कसैलाई बचाइदिनुहोस् भन्ने कुरा भएन। हामी कसैको दबाबमा पर्दैनौँ। कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ। यो रोकिँदैन। हामी दृढताका साथ अघि बढ्छौँ। निर्दोष कोही नपरून्, दोषी कोही नछुटुन् भन्ने हाम्रो मान्यता छ।’
उक्त ठगी प्रकरणमा एमालेका सचिव लगाइत नेताहरुको नाम मुछिएपछि अध्यक्ष ओलीको सिंहदवारमा दौडधुप बढेको छ । बिहिबार पनि सोही विषयमा छलफल गर्न ओली सिंहदवार पुगेका थिए । उनले एमालेका नेताहरुलाई ठगी प्रकरणमा बचाउ गर्न कसरत गरिरहेका छन् । आजको भेटवाता पछि सञ्चारकर्मीले प्रधानमन्त्रीलाई सोधेका ओलीले टोपबहादुर रायमाझी तथा रामबहादुर थापा बादलहरूलाई जोगाउनुस भन्नुभएको छरुभन्ने प्रश्नमा प्रधानमन्त्री दाहालले भने, ‘ओलीजीले त्यस्तो कहाँ भन्नुहुन्छरु प्रधानमन्त्रीलाई लौ बचाउनुस भनेर भन्न कोही आउन सक्दैन।’
शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले एमाले सचिव रायमाझीलाई पक्राउ पुर्जी जारी गरिसकेको छ तर उनी फरार छन् भने उनका छोरालाई पक्राउ गरिसकेको छ।

