चन्द्रपुर नगरपालिका र एपीएफ भिड्दै


काठमाडाैं – राष्ट्रिय महिला लिग फुटबलमा आज चन्द्रपुर नगरपालिका रौतहट र एपीएफ क्लब खेल्दै छन् । राष्ट्रिय महिला लिग फुटबलमा बुधबार एक खेल मात्र हुनेछ । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो २ बजे हुँदैछ।

पहिलो लिगमा एपीएफले चन्द्रपुरलाई ६–० को फराकिलो अन्तरले पाखा लगाएको थियो। लिगमा एपीएफ १८ अंकसहित शीर्ष स्थानमा रहेको छ भने चन्द्रपुर छैटौं स्थानमा छ।

यसअघि हिजो भएको खेलमा त्रिभुवन आर्मीले स्याङजाको वालिङ नगरपालिका र नेपाल पुलिस क्लबले मोरङको विराटनगर महानगरपालिकालाई हराएको थियो ।

 

 

प्रतिक्रिया