

तनहुँमा घरमा ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, ५ जना घाइते

तनहुँ – तनहुँमा ट्रक घरमा गएर ठोक्किदा ३ जनाको मृत्यु भएको छ । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. ५ आधिखोलास्थित पृथ्विराजमार्ग सडक खण्डमा डुम्रे तर्फबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नं।को ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएर दुर्घटना हुँदा ३ जनको ज्यान गएको हो ।
आज (बुधबार) बिहान साँडे ९ बजेतिर भएको उक्त दुर्घटनामा परि ५ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ८ जना घाइते भएको र सबैलाई उपचारको लागि चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुर पठाएकोमा ३ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
मृत्यु हुनेमा तनहुँ बन्दिपुर गाउँपालिका वडा नं। १ बस्ने वर्ष १२ को आयुस भुजेल, वर्ष ५० को चेतबहादुर घर्ती र अन्दाजी ६९ वर्षका सनबहादुर भुजेल रहेका उनले बताए । ५ जना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

