एमालेलाई बदनाम गर्न महालेखा पछि लागेको ओलीको आरोप


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महालेखा नेकपा एमालेलाई बदनाम गर्न एमालेको पछि लागेको आोरोप लगाएका छछन् ।

आज (मंगलबार) काठमाडौंमा आयोजित ग्रासरुट अभियानको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले गरेको विकास नदेख्ने सबै तत्वहरु विरोधमा उत्रेको बताएका हुन् । उनले महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा झापाको दमकमा बनाएको भ्यु टावर किन बनाएको भनेर लेखेको भन्दै आपत्ति समेत जनाए ।

उनले धरहराजतिको अग्लो, ४५ मिटर मुनिबाट जग खनेर बनाएको उक्त टावर गजुर राख्दा एकसय मिटर हुने तर त्यसमा अनेकन व्यापार विजनेश गर्न सकिने भएपनि त्यसलाई महालेखाले किन बनाएको भनेर प्रश्न गरेको भन्दै आपत्ति जनाएका हुन् ।

प्रतिक्रिया