सन्दीप लामिछाने बने एसीसी प्रिमियर कपको प्लेयर अफ दि टुर्नामेन्ट


काठमाडौं – एसीसी प्रिमियर कपमा नेपालका सन्दीप लामिछाने प्लेयर अफ दि टुर्नामेन्ट बनेका छन् ।

सोमबार भएको फाइनलमा घरेलु टोली नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यससँगै नेपालले एसिया कपमा स्थान बनाएकाे छ । प्रतियोगिताको कुल ५ खेलमा १३ विकेट लिएका सन्दीपले समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध सर्वाधिक ४२ रन समेत बनाएका थिए ।

प्रतिक्रिया