सुनको मूल्य घट्यो, चाँदीको स्थिर


काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा २०० सयले घटेर १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार सुन प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएकोमा आज सोही मूल्यमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया