श्रीमतीको हत्याको अभियोगमा परियार पक्राउ


पर्वत – पर्वतबाट श्रीमती हत्याको आरोपमा एक जना पक्राउ परेका छन् ।

पर्वतको जलजला गाउँपालिका वडा नं. ४ धुलेपालसिं बस्ने रामबहादुर परियार आफ्नै ३४ वर्षीया श्रीमती सन्तु जलारीको हत्याको आरोपमा पक्राउ परेका हुन् ।

रामबहादुर आफैँले सोही ठाउँस्थित धुलेपालसिङको जंगलमा घरायसी झगडाको कारण श्रीमतीको हत्या गरेको भनी प्रहरी चौकी वारिबेनीमा जानकारी गरापछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया