अवैध अफिम खेती नष्ट गर्दै जाजरकोट प्रहरी


जाजरकोट – जाजरकोट प्रहरीले जिल्लाका दुर्गम भेगमा अवैध रूपमा खेती गरिएको अफिम खेती नष्ट गर्न सुरु गरेको छ।

जिल्लाको नलगाड, भेरी, जुनिचाँदे र बारेकोट पालिकाका विभिन्न दुर्गम वडाका बस्तीहरूमा अवैध रूपमा लगाइएका र आफै प्राकृतिक रूपमा उम्रिएरका खेती नष्ट गर्न थालियएको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोष रोकाका अनुसार वैशाख ७ गतेदेखि ११ गतेसम्ममा करिब १२ हेक्टर जमिनमा रहेको अफिम खेती नष्ट गरिएको छ।

कार्यालयबाट प्रहरी निरीक्षक सुनिल थापा नेपालीको कमाण्डमा खटिएको टोलीले इलाका प्रहरी कार्यालय दल्लीको प्रहरी टोलीसँग समन्वय गरेर नलगाड, बारेकोट र भेरीमा नष्ट गरेको छ।

त्यसैगरी इलाका प्रहरी कार्यालय रग्दा, पंचाला दह, प्रहरी चौकी पाँचकाटीया, जुनिचाँदे, सक्ला, अस्थायी प्रहरी पोष्ट मैदे लगायतका स्थानबाट ७० जना प्रहरी परिचालन गरेर नष्ट गरिएको डीएसपी रोकाले बताए।

प्रतिक्रिया