भन्सार छली ल्याएको कपडा बरामद


मकवानपुर – अवैध भन्सार छली ल्याएको ५ लाख रुपैयाँ बराबरको कपडा जिल्ला प्रहरी कार्यालय मकवानपुरले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज हेटौडा उप महानगरपालिका वडा नं १५ रातोमाटे र वडा नं १० बसपार्कको सडकमा सवारी जाँच्ने क्रममा उक्त कपडा बरामद गरिएको हो ।

पर्सा जिल्लाको गौरबाट काठमाडौंतर्फ जादै गरेको ना ५ ख १७३८ र सर्लाही मलंगवाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख १२३३ नं को यात्रुबाहक बसबाट कपडा बरामद गरिएको हो ।

कपडाको अनुमानित मूल्य ५ लाख ७५ हजार ४०० रहेको प्रहरीले जनाएको छ । भन्सार छली अवैध रुपमा चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमको कपडा र पाउडर दूधको प्याकेटहरु फेला परेको हुँदा आवश्यक कार्वाहीको लागी राजश्व अनुसन्धान कार्यालय,पथलैया, बारा पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया