

नेपाललाई पहिलो सफलता

काठमाडौं – एसीसी प्रिमियर कपको ओमानविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ ।
३११ रनको विशाल लक्ष्य पछ्याएको ओमानका ओपनर जतिन्द्र सिंहले १५ रन बनाउँदा नेपालका ललितनारायण राजवंशीले बोल्ड गर्दैै नेपाललाई पहिलो सफलता दिलाए ।
अहिले ओमानले ३२ रनमा १ विकेट गुमाएर खेलिरहेको छ ।
त्यसअघि नेपालले कीर्तिमानी ३१० रन बनाउँदै ओमानलाई विशाल रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

