प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक बस्दै


काठमाडौं – नेकपा प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक पेरिसडाँडामा बस्दैछ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, भोलि हुने जनप्रदर्शनबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको हो । बैठक केहीबेर पछि बस्ने उनले बताए ।

यो समूहले राजधानीमा बृहत जनसभा गर्दैछ । संसद् पुनर्स्थापनाको मागसहित तेस्रो चरणको आन्दोलनमा रहेको यो समूहले भोलिको जनप्रदर्शनलाई सशक्त बनाउने तयारी गरेको छ ।

जनप्रदर्शनमा राजधानी उपत्यका र बागमती प्रदेशलाई बढी जोड दिएर देशभरबाट प्रतिनिधिमुलुक सहभागिता गराउने तयारी गरेको छ ।

प्रतिक्रिया