
नेपाललाई तेस्रो सफलता
काठमाडौं – एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले तेस्रो सफलता प्राप्त गरेको छ ।
नेपालका लागि ललित राजवंशीले तेस्रो सफलता दिलाएका हुन् । उनले विरेन्द्रीप सिंहलाइ ४६ रनमा आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।
त्यसअघि नेपालका लागि सन्दीप लामिछानेले दोस्रो सफलता दिलाएका थिए । सन्दीपले ७६ रनमा खेलिरहेका अहमद फैजको विकेट लिएका हुन् ।
त्यस्तै मलेशियाको पहिलो विकेट गुल्शन झाले लिएका थिए ।
नेपाल टस हारेर पहिले बलिङ गरिरहेको छ । टस जितेर ब्याटिङ रोजेको मलेसियाले ३७ दशमलब ५ ओभरमा ३ विकेट गुमाएर १ सय १५५ रन बनाएको छ ।



कागजपत्र |
