भारतमा कोरोनाबाट एकै दिन २९ जनाको मृत्यु


काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट २९ जनाको मृत्यु भएको छ भने ११ हजार बढी मानिसमा संक्रमण देखिएको छ ।

मृत्यु हुने सबैभन्दा धेरै केरला राज्यका ९ जनाको मृत्यु भएको हो ।

भारतमा दैनिक संक्रमण दर ५.०१ प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा दिल्लीमा मात्रै १५२७ जनामा संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । यहाँ प्रत्येक १०० बिरामीमा २८ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया