
शिक्षक सङ्घको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित
काठमाडौँ – नेपाल शिक्षक सङ्घको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन् ।
सङ्घको नवौँ अधिवेशनबाट अर्का प्रतिस्पर्धी गोकर्ण बहादुर बानियाँलाई पराजित गर्दै गिरी निर्वाचित भएका हुन् ।
जम्मा खसेको ६०७ मतमा गिरीले ३०५ मत प्राप्त गरी निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेदवार बानियाँको पक्षमा २९८ मत खसेको छ ।



कागजपत्र |
