
कोरोनाबाट भारतमा १४ जनाको मृत्यु, ५६७६ नयाँ संक्रमित थपिए
नयाँ दिल्ली – भारतमा पछिल्लो समयमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको छ। संक्रमणसँगै मृत्यु हुनेको संख्यामा वृद्धि भएको छ। एक हप्ताको अवधिमा (३ देखि ९ अप्रिल)सम्म ६८ जनाले ज्यान गुमाएका थिए।
केन्द्रीय स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार भारतमा आज ५६७६ जना संक्रमण पुष्टि भएको छ। यो सहित देशमा सक्रिय संक्रमितको संख्या ३७,०९३ पुगेको छ।
आज दिल्ली,पंजाब र राजस्थानमा कोरोनाबाट ३/३ जनाको मृत्यु भएको छ। यस्तै कर्नाटक,गुजरात,हरियाणा,महाराष्ट्र र तमिलनाडुमा एक/एक जनाको कोरोनाबाट मृत्यु भएको छ।
छिमेकी मुलुक भारतमा संक्रमण बढेसँगै नेपालमा पनि संक्रमितको संख्या उकालो लागेको छ। आज १०६ जनामा संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ।
भारतमा नयाँ भेरियन्ट एक्सबीबी वान सिक्टिन सक्रिय रहेको पाइएको छ।



कागजपत्र |
