उपनिर्वाचनपछि सबै प्रदेशका सरकार फेरिन्छः बालकृष्ण खाँड


धनुषा – नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले उपनिर्वाचनपछि प्रदेशका सरकारहरू फेरिने बताएका छन्।

प्रेस युनियन धनुषा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खाँणले यस्तो बताएका हुन् ।

नेता खाँणले वैशाख १० को उपनिर्वाचन सकेर प्रदेश सरकार पुनर्गठन गर्ने बताए।

नेता खाँणले भने, सबै प्रदेशमा आलोपालो गररेर विभिन्न दलले विभिन्न चरणमा लिने गठबन्धनभित्रको दलमा सहमति भएको छ । यो कार्यान्वयन हुँदै जान्छ ।’

गठबन्धनमा रहेका दलहरूलाई प्रदेश सरकारमा सहभागी गराइने नेता खाँणले बताए ।

प्रतिक्रिया