नेपाली नागरिकता लिएको आरोपमा एक तिब्बती शरणार्थी पक्राउ


काठमाडौं – प्रहरीले नेपाली नागरिकतासहित एक तिब्बती शरणार्थी महिलालाई पक्राउ गरेको छ । नेपालमा नक्कली बुबा खडा गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएको खुलेपछि २७ वर्षीया निमा ल्हामो गुरुङलाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यसअघि नक्कली कागजात पेश गरेर तिब्बेतीयनलाई नागरिकता दिलाएको आरोपमा ६ जनालाई पक्राउ गरेको थियो । उनी तिब्बतबाट भारतको बिहार, दिल्ली हुँदै २ वर्ष पहिले काठमाडौं आएको खुलेको छ । उनी बौद्धको बुद्ध तुशाल क्याम्पमा बसोबास गर्ने गरेको खुलेको छ ।

उनले क्याम्पमा बसोबास गर्ने ब्यक्ति मार्फत नेपाली नागरिकता बनाउन कृष्णबहादुर कटुवाललाई सम्पर्क गरेको खुलेको अनुसन्धान कार्यालयले जनाएको छ ।

कृष्ण बहादुर कटुवालले निमा ल्हामो गुरुङको नेपाली नागरिकता बनाई दिए बापत ५ लाख लिएको पनि प्रहरीको दाबी छ । उनको साथबाट निमा ल्हामो गुरुङको नाममा जारी भएको नेपाली नागरिकता पनि प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया