
विभागीय डर्बीमा एपीएफ विजयी
काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा खराब लयबाट गुज्रिरहेको नेपाल पुलिस क्लब विभागीय प्रतिद्वन्दी एपीएफ क्लबसँग २-० को नतिजामा पराजित गरेको छ।
च्यासल मैदानमा भएको खेलको ५८औं मिनेटमा हरी कार्कीले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए।
निर्धारित ९० मिनेटसम्म अग्रता जोगाएको एपीएफले इन्जुरी समयमा एक गोल थप्दै जित सुनिश्चित गर्यो। इन्जुरी समयमा एपीएफका लागि सबिन गुरुङले गोल गर्दै सिजनको तेस्रो जित निश्चित गरे।
जितसँगै एपीएफ ६ खेलबाट १० अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ। समान खेलबाट एक बराबरी र पाँच पराजयबाट एक अंक जोडेको पुलिस लिग तालिकाको पुछारमा छ।
आजै सातदोबाटोमा भएको खेलमा संकटा क्लबले एफसी खुलमटारलाई १-० को नतिजामा पराजित गरेको थियो।



कागजपत्र |
