हिमताल फुट्दा धौलीगंगा नदीमा भीषण बाढी


काठमाडौं – भारतको उत्तराखण्डमा हिमताल फुटेर भीषण बाढी गएको छ । चमोली जिल्लाको जोशीमठमा हिमताल फुट्दा धौलीगंगा नदीमा बाढी आएको छ ।

हिमताल फुटेपछिको नदीमा आएको बाढी विभिन्न गाउँमा पसेको र घरहरू क्षति गरेको खबरमा उल्लेख छ । हिमताल फुटेको सूचना पाएपछि प्रहरीसहित जिल्ला प्रशासन कार्यालयको टोली घटनास्थलतर्फ गएको जनाइएको छ ।

हिमताल विस्फोटपछि आएको बाढीले ऋषि गङ्गा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको आशङ्का गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यस आयोजनामा काम गरिरहेका एक सय ५० मजदुर गायब भएका छन् । एजेन्सी

प्रतिक्रिया