

तनहुँ १ मा रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार चयन

काठमाडौं – तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार बन्ने पक्का भएको छ ।
हिजो चैत १६ गते नेपाली कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेका वाग्ले १० वैशाखमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार हुने पक्का भएको हो ।
तनहुँ १ मा रास्वपामा पार्टी भित्र नाम दर्ता गरेका २ जनाले नाम फिर्ता लिए पछि वाग्ले सर्वसम्मत उम्मेदवार चयन भएका हुन् । उम्मेदवारको आकांक्षी रहेका इश्वर लामिछाने र डा। रुपक विक घिमिरेले नाम फिर्ता लिएपछि स्वर्णिम निर्विरोध उम्मेदवार चयन भएको महामन्त्री एवं प्रवत्ता मुकुल ढकालले जानकारी दिए ।
आकांक्षी अन्य उम्मेदवारहरुबीच पार्टीमा भएको छलफलमा लामिछाने र घिमिरेले नाम लिन सहमत भएका हुन् ।

