

चैत्र १७ गतेदेखि एसईई परीक्षा, बागमती प्रदेशबाट १ लाख १ हजार ७३३ विद्यार्थी सहभागी हुँदै

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) चैत्र १७ गतेबाट सुरू हुँदैछ। परीक्षामा देशभरबाट ५ लाख १६ हजार ५९१ जना परीक्षार्थी सहभागी हुँदैछन्।
परीक्षाका लागि २ हजार ३६ परीक्षा केन्द्र तोकिएका छन्। परीक्षा चैत्र २४ गतेसम्म चल्नेछ। परीक्षा नियन्त्रण कार्यालयले परीक्षाका लागि आवश्यक तयारी पूरा भएको जनाएको छ।
एसईई परीक्षामा बागमती प्रदेशबाट १ लाख १ हजार ७३३ विद्यार्थी सहभागी हुने बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालय हेटौडाले जनाएको छ।
बागमती प्रदेशका १३ वटा जिल्लामा ४३४ परीक्षा केन्द्र तोकिएका छन्। जसमा सबैभन्दा काठमाडौंमा १२३ र सबैभन्दा कम रसुवामा ५ वटा परीक्षा केन्द्र तोकिएका छन्।
परीक्षामा काठमाडौंबाट ३६ हजार ५७७, भक्तपुरबाट ५ हजार ८०५, ललितपुरबाट ९८९९, काभ्रेपलाञ्चोकबाट ६४३६, सिन्धुपाल्चोकबाट ३९८५,नुवाकोटबाट ४३००, रसुवाबाट ६२८,धादिङबाट ५३८६,मकवानपुरबाट ६३३३,चितवनबाट १०८५६,रामेछापबाट ३२२५,दोलखाबाट ३०६२ र सिन्धुलीबाट ५२४१ जना विद्यार्थी सहभागी हुँदैछन्।
यस्तै केन्द्राध्यक्ष ३३४, सहायक केन्द्रध्यक्ष ७३७,निरीक्षक ५०८६,परीक्षा सहायक १०६४,कार्यालय सहयोगी २०५५ र सुरक्षाकर्मी गरी ६५ १० जना गरी १५ हजार ८८६ जना जनशक्ति खटिदैछन्।
प्रदेशभित्रका सबै जिल्लाका परीक्षा केन्द्रहरूमा उत्तरपुस्तिका पुर्याइ सकिएको र परीक्षा केन्द्र नजिक रहेको प्रहरी चौकीमा प्रश्न पत्र पुगिसकेको शिक्षा विकास निर्देशनालयले जानकारी दिएको छ।
यस्तै, केन्द्राध्यक्ष नियुक्ति गरी अभिमुखीकरण कार्य समेत सम्पन्न भइ परीक्षासम्बन्धी पूर्वतयारीको सम्पूर्ण कार्य सम्मपन्न भइसकेको जनाइएको छ।

