भूसाल र ज्वाला एकीकृत समाजवादीबाट मन्त्री बन्ने


काठमाडौं – एकीकृत समाजवादीबाट उपाध्यक्ष बेदुराम भूसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्ने भएका छन् ।

एकीकृत समाजवादीको बुधबार बसेको सचिवालय बैठकले हालसम्म प्राप्त दुई मन्त्रालयमा उनीहरुलाई पठाउने निर्णय गरेको हो।

उपमहासचिव भूसालले अहिलेसम्म दुई मन्त्रालय दिइने भनिएकोमा आफूहरुलाई पार्टीले सिफारिस गरेको पुष्टि गरे। थप एउटा मन्त्रालयको दाबी कायम रहेको उनले बताए।

उनले भने, ‘हामीलाई दुईटा मन्त्रालय दिने भनिएकोमा पार्टीको निर्णय लिएर नेताहरु प्रधानमन्त्री निवास बालुवाटार जानुभएको छ। हाम्रो दाबीका विषयमा पनि छलफल हुनेछ।’

प्रधानमन्त्री प्रचण्डले एउटा भए पनि मन्त्रीको नाम दिन भनेपछि एकीकृत समाजवादीको सचिवालय बैठक बसेको थियो।

प्रतिक्रिया