
मिटरब्याजलाई गम्भीरताका साथ लिँदै कानुन बनाउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं – सरकारले मिटरब्याजलाई अपराध मान्दै आवश्यक कानुन बनाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजललाई अपराध मानेर कानुन बनाउँदै पीडितलाई आवश्यक कारबाही गर्ने गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
त्यसका लागि अपराध संहिता २०७४ लाई संशोधन गर्न आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । मिटरब्याजी पीडितहरूले आफूहरूले न्याय पाउनुपर्ने माग गर्दै काठमाडौं आएर आन्दोलन थालेपछि सरकारले गम्भीरता देखाउँदै आवश्यक निर्णय गरेको हो ।



कागजपत्र |
