प्रधानन्यायाधीशको मर्यादाक्रमको बिषयलाई लिएर शेखर कोईरालाको आपत्ती


काठमाडौं – कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रियसभाबाट सर्वसहमतीले स्विकृत भएको राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकप्रति आपत्ति जनाएका छन् ।

उक्त विधेयकमा प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्ष भन्दा तल्लो वरियतामा राखेको प्रति आपक्ति जनाउदै सभामुख र राष्ट्रियसभाको अध्यक्ष भन्दा प्रधानन्यायाधीशलाई तल्लो वरियतामा राख्नु संविधान विपरित हुने बताए ।

उक्त प्रस्ताव संविधान विपरीत भएको उनले उल्लेख गरेका छन् । संविधानको धारा २८४ ले प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रियसभा अध्यक्षभन्दा माथिको मर्यादाक्रममा राखेको भन्दै कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अन्य लोकतान्त्रिक मुलुकहरुमा पनि प्रधानन्यायाधीशको मर्यादाक्रम यही अनुरुप छ,’ शेखरले सामाजिक सञ्जालमा लेखेका छन् ।

राष्ट्रियसभामा पेश भएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयकमा प्रधानन्यायाधीशको वरियता सभामुख र राष्ट्रियसभा भन्दा तल प्रस्ताव गरिएको छ । संविधान निर्माणका क्रममा माओवादीले न्यायालयलाई संसदिय समिति अन्तर्गत राख्ने प्रस्ताव गरेको शेखरले स्मरण गरेका छन् ।

‘नेपाली कांग्रेसले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत जान हुँदैन भन्दै न्यायालयलाई स्वतन्त्र राख्नुपर्ने अडान राखेको थियो र त्यही अनुरुप भयो’ , उनले भनेका छन् ।

प्रतिक्रिया