शर्माको संयोजकत्वमा मिटरब्याज पीडितसँगको छलफलका लागि वार्ताटोली


काठमाडौं – मिटरब्याज पीडितसँगको छलफलका लागि वार्ता टोली गठन गरिएको छ ।

बर्दिबासबाट पैदल काठमाडौं आइपुगेका मिटरब्‍याज पीडितसँग छलफल गर्नका लागि गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव रूद्रादेवी शर्मा संयोजकत्वमा वार्ता टोली गठन भएको हो।

टोलीमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङसहित प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालयका प्रतिनिधि समेत छन्।

मंगलबार बिहान मिटरब्याजी पीडितहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने भन्दै बालुवाटार पुगेका थिए। त्यसबीच गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माको टोली पुगेर उनीहरूसँग वार्ता गरेका थिए। त्यसै वार्ताको परिणामस्वरूप अहिले शर्माको संयोजकत्वमा वार्ता टोली गठन भएको हो।

११ दिन हिँडेर आइतबार मिटरब्याजी पीडितहरू काठमाडौं आइपुगेका हुन्।

प्रतिक्रिया