


मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन

काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटर ब्याज पीडितसँग आजै भेट्ने भएका छन्। आन्दोलनमा रहेका मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकार ४ सदस्यीय समिति गठन गरेको छ ।
गृहमन्त्रालयका सहसचिवत रुद्रादेवी शर्माको नेतृत्वमा गृहकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त चौधरी र कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डंगा छन् ।
सरकारले पीडितहरूका समस्या समाधानका लागि कानुनी जटिलता फुकाउन संसदमा विधेयक दर्ता गर्ने तयारीसमेत गरेको छ। उक्त विधेयकबारे आज बस्ने मन्त्रिपरिषद्को बैठकले सदनमा प्रस्तुत गर्नेबारे निर्णय गर्नेछ।
महोत्तरीका मिटरब्याजपीडित न्यायका लागि भन्दै ११ दिन लगाएर हिँडेर काठमाडौं आएका छन् । उनीहरूले प्रधानमन्त्रीलाई भेटेर आफ्नो कुरा राख्ने इच्छा गरेका छन् । समितिले काम अघि बढाएपछि प्रधानमन्त्रीले पनि भेट्ने भएका हुन्।

