

आज नौजना प्रहरी अधिकारी अवकाश, मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं – मन्त्रिपरिषद् बैठक सुरू भएको छ । सिंहदरबारमा केहीबेर अघिदेखि मन्त्रिपरिद् बैठक सुरू भएको हो ।
बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने जनाइएको छ।
आजदेखि प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहित नौजना प्रहरी अधिकारी उमेर हदका कारण अवकाशमा जाँदैछन् ।

