

सत्तापक्षमै बस्ने कांग्रेसको निर्णय, प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं — नेपाली कांग्रेसले आजको संसद् बैठकदेखि सत्तापक्षमा बस्ने निर्णय गरेको छ ।
आइतबार बिहान बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने र सरकारमा पनि सहभागी हुने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
कार्यसम्पादन समितिको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बसेको थियो ।
आजै मध्याह्न १२ बजे संसद् भवनकै ल्होत्से हलमा कांग्रेसको संसदीय दलको बैठक बस्नेछ । संसदीय दलको बैठकबाट यी निर्णय अनुमोदन गरिनेछ ।

