करिब १० लाख भारतीय रुपैयाँसहित पाण्डे पक्राउ


महोत्तरी – करिब १० लाख भारतीय रुपैयाँसहित पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजानिक गरेको छ । ९ लाख ९८ हजार रुपैयाँसहित पक्राउ परेका जलेश्वर नगरपालिका ३ मलिवाराका ३४ वर्षीय विमलेश पाण्डेलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले सार्वजानिक गरेको हो।

गत बुधबार पाण्डे सवार ज ४ प ७०३४ नम्बरको मोटरसाईकललाई प्रहरीले चेकजाँच गर्दा कालो कपडा भित्र लुकाई छिपाई राखेको अवस्थामा भारतीय रुपैयाँ ५०० का १ हजार ९९६ थान नोट बरामद भएको थियो।

पक्राउ परेका पाण्डे जिल्ला प्रहरी कार्यालय महोत्तरीको नियन्त्रणमा छन्। बरामद रकमबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया