

विश्वासको मत लिएपछि सरकारले पूर्णता पाउँछ: प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएको केही दिनपछि सरकारलाई पूर्णता दिने बताएका छन्।
शुक्रबार काठमाडौंमा ११ ठूला परियोजनाका लगानीकर्तासँग छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएको बढिमा चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका हुन्।
आफूले ६ गते संसदमा विश्वासको मत लिने उनले बताए।
त्यस्तै लगानीकर्ताको बैठकमा गुणस्तरीय रुपमा समयमा काम सक्ने विषयमा र लगानीकर्ताको समस्याका विषयमा लगानीकर्तासँग छलफल भएको उनले बताए।

