आज उपराष्ट्रपति टुंग्याउँदै सत्ता गठबन्धन, रामसहायप्रसादको सम्भावना बलियो


काठमाडौं — सत्ता गठबन्धनको बैठक आज (बिहीबार) बस्ने भएको छ । उपराष्ट्रपतिको निर्वाचनका बारे छलफल गर्न बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेपनि निर्णयमा पुग्न नसकेपछि आज पुनः बस्ने गरी बैठक सकिएको थियो ।

उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भएको बताइएको छ ।

उपराष्ट्रपपतिको निर्वाचन भोली (शुक्रबार) हुँदैछ । गठबन्धनबाट ३ जना उम्मेदवार रहे पनि प्रमिला यादवले रामसहायप्रसाद यादवलाई समर्थन गरेको जनाउँदै फिर्ता लिएको घोषणा गरे पनि ममता झा र यादव प्रतिस्पर्धामा रहेका छन् ।

त्यस्तै नेकपा एमालेका तर्फबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन् ।

सत्ता गठबन्धन झा र यादवका बारेमा निर्णय गर्नका लागि बैठक बस्न लागेको हो । गठबन्धनबाट यादवको समर्थन गर्दै भोट दिइने सम्भावना बलियो रहेको जनाइएको छ ।

प्रतिक्रिया