संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न सक्दैन : प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् । नारायणहिटी दरबार संग्राहलय अगाडि शुक्रबार आयोजित सभालाई सम्बोधन ओलीले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको बताए ।

‘जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो, त्यो केपी आलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे ।’ ओलीले भने । आफूहरुले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने उनले बताए ।

२–४ हजार मान्छे जम्मा गरेर को हो मुल पार्टी भनेर लल्कार्ने काम भएपछि आफूहरुले सभा गर्नु परेको ओलीले बताए । यो त कास्टिङ मात्र भएको भन्दै उनले काठमाडौंका सबै सडकमा स्क्रिनहरू राखेर सभा गर्नुपर्ने दिन आउनसक्ने बताए ।

नेपाललाई सुरुङमार्गमा प्रवेश गराएका छौं

प्रधानमन्त्री केपी शर्मा ओलीले देश सुरुङमार्गमा प्रवेश गराएको बताएका छन् । उनले अब नेपालको विकास सुरुङमार्गमा प्रवेश गरेको भन्दै प्रधानमन्त्री ओलीले थानकोटबाट नौबिसेसम्मको सुरुङमार्ग निर्माणको काम थालिएको भन्दै छिट्टै सकिने बताए ।

‘नेपाललाई सुरुङमार्गमा प्रवेश गराएका छौं, नेपालको विकास सुरुमार्गमा प्रवेश गरेको छ, थानकोटबाट नौबिसे सुरुङमार्ग खन्ने काम सुरु भएको छ, त्यो यहाँहरुले देख्नुभएको छ, काठमाडौंको नरायणहिटीमा आयेजित जनसभामा उनले भनेका छन् ।

उनले ३ वर्षमा करिब ६ हजार किलोमिटर सडक कालोपत्रे गरेको पनि बताए । प्रधानमन्त्री ओलीले २ लेन, ४ लेन र ६ लेनको बाटो बनाएको बताए । ४–४ सय भन्दा बढी पुल र झोलुंगे पुल पनि बनाएको उनको भनाइ छ । ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैनन् भनेर सरकारले काम गरेको उनले भन्दै प्रधानमन्त्री ओलीले सडकमा सडक बालबालिका नरहेको दावी गरे ।

हिजो जलाएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार आमहड्तालका क्रममा भएको नोक्सानीको क्षतिपूर्ति सरकारले व्यहोर्ने बताएका छन् । बृहतसभामा प्रधानमन्त्री ओलीले हिजो जलाइएको ट्याक्सीलगायतको क्षतिपूर्ति सरकारले दिने बताएका हुन् । बिमा गरिएका सवारी–साधानहरुको बारेमा बिमा कम्पनीले हेर्न उनको भनाइ छ ।

पहिला चीनसँग पारवहन सम्झौता गर्दा प्रधानमन्त्रीबाट हटाइयो, अहिले नक्सा छाप्दा हटाउन खोजियो

प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूमी समेटेर नक्सा बनाएको दिनदेखि नै आफूलाई प्रधानमन्त्रीबाट हटाउने खेल सुरु भएको दाबी गरेका छन्।

काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नक्सा छापेदेखि नै केही व्यक्तिहरु केपी ओलीलाई प्रधानमन्त्री पदबाट नहटाइ नहुने अवस्थामा पुगेको र षडयन्त्र सुरु गरेको बताए।

‘पहिलो कार्यकालमा चीनसँग पारवहन सम्झौता गरेलगत्तै मलाई प्रधानमन्त्री पदबाट हटाइयो’ उनले भने, ‘अहिले नक्सा छापेपछि कतिपय मानिसहरूलाई केपी ओलीलाई नहटाइ नहुने भएको थियो। संविधान संशोधन गरेकै दिनदेखि उनीहरु मलाई हटाउन खोजेका थिए।’

अब एक घण्टामै केरुङ पुग्न सकिन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले अब एक घण्टामै चीनको केरुङ पुग्ने गरी सडक बनाउने काम भइरहेको बताएका छन्। काठमाडौंबाट करिब ७५ किलोमिटर दूरीको केरुङ अब एक घण्टामै पुग्ने गरी सरकारले काम गरिरहेको उनले बताए।

उनले विकासको गति लिएका बेला रेल र सुरुङमार्ग तीव्र गतिमा बनिरहेको बताए। ‘अब केही दिनमा जनकपुर–जयनगर रेल चल्दैछ। पूर्व–पश्चिम रेल निर्माण सुरु भइसकेको छ’, उनले भने, ‘अब केरुङ पनि एक घण्टामै पुग्न सकिन्छ। हामी राम्रा बाटा बनाउँदैछौँ।’

प्रतिक्रिया