

आजको मौसमः देशैभर आंशिक बदली, केही भेगमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं – मौसममा आज पनि आंशिक बदली हुने देखिएको छ । आज देशका केही भागमा चट्याङसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।
आइतबार पनि देशका पहाडी भू–भागका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा पानी पर्ने सम्भावना रहेको छ ।

