
प्रचण्डको मुद्दाको प्रारम्भिक बहस सकियो, के आजै आउला त आदेश?
काठमाडौं – प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा प्रारम्भिक बहस सकिएको छ ।
सर्वोच्चका अन्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको बहसमा वरिष्ठ अधिवक्ताहरू बालकृष्ण न्यौपाने, डा. सुरेन्द्र भण्डारीसहित अधिवक्ताहरूले बहस गरेका छन् ।
उनीहरूले प्रचण्ड स्वंयले पाँच हजार हत्याको जिम्मा लिने भनेर बोलेकाले उनलाई पक्राउ गरी अनुसन्धान गर्न अन्तरिम आदेश माग गरेका छन् ।
न्यायाधीश खतिवडाका इजलासले आजै आवश्यक आदेश दिने तयारी गरेको बताइएको छ ।



कागजपत्र |
