

कैलालीमा स्कुल बसको ठक्करबाट वृद्ध महिलाको मृत्युु, स्थानीयले गरे सडक जाम

धनगढी- कैलालीमा स्कुल बसको ठक्करबाट एक वृद्ध महिलाको मृत्युु भएको छ। पूर्व-पश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिकाको खैराना पुल नजिकै स्कुल बसले ती महिलालाई ठक्कर दिएको थियो।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीका अनुसारमाउन्ट साईपाल स्कुलको बसले ठक्कर दिएपछि पैदलयात्री अन्दाजी ६५ वर्षीया बाटु बट्टै साउद को मृत्यु भएको हो। उनको दुर्घटनामा मृत्यु भएपछि स्थानीयले त्यहाँ सडक जाम पारेका छन्।

