

नेपाल–युएई क्रिकेट आज, युएईविरुद्ध उत्रिएलान् त सन्दीप मैदानमा ?

काठमाडौं — यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग—२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज बिहिबार नेपालले घरेलु टोली यूएईसँग खेल्दै छ ।
यस सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले यूएईसँग खेल्न लागेको हो । नेपाल र यूएईबीचको खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १२ मा सुरु हुँदैछ ।
यस सिरिजमा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो । यूएई भने पपुवा न्यु गिनीसँग पराजित भएको थियो ।
लगातार पाँच एकदिवसीय अन्तराष्ट्रियमा अपराजित रहेको नेपाल जितलाई निरन्तरता दिन चाहान्छ । पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो ।
नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकसहित छैटौं स्थानमा छ भने युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ ।
मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली यूएईसँग खेल्नेछ ।
नेपाली टोलीमा स्टार क्रिकेटर सन्दीप लामिछाने परेका छन् । उनी बुधबार साँझ मात्रै युएई पुगेका भएता पनि खेल खेल्ने सम्भावना रहे पनि खेल्ने नखेल्ने निश्चित भने भइसकेको छैन । तर, उनी खेल्ने सम्भावना रहेको क्यानका एक सदस्य बताउँछन् ।
नेपाली टोलीः
रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी.सी र सन्दीप लामिछाने

