यू–१९ विश्वकप छनोटः ‘डु अर डाइ’को अवस्थामा नेपाल र युएईबीचको निर्णायक खेल आज


काठमाडौं —नेपालले आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा आज बिहिबार यूएईसँग खेल्दैछ ।

सुरुआती चार खेलमा अपराजित दुवै टोलीबीचको खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे अजमानस्थित इर्डेन गार्डेन ओभलमा सुरु हुनेछ ।

समान अंक रहे पनि यूएई नेटरनरेटको कारण शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।

नेपाल र युएईबीचको खेलको विजेता टोली प्रतियोगिताको च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ । आजको खेल दुवै टिमका लागि डु अर डाइको अवस्थामा रहेको छ ।

नेपाल २०१६ पछि यू-१९ विश्वकप खेल्ने सोचमा हुनेछ । यूएईसँग नेपाल २०१९ मा भोगेको एक रनको हारको बदला लिँदै विश्वकपमा पुग्न चाहन्छ ।

मलेसियाको किनारा ओभल क्रिकेट एकेडेमीमा नेपाल २०१९ अप्रिल १३ मा युएईसँग डीएल मेथडका आधारमा एक रनले पराजित भएको थियो ।

प्रतिक्रिया