ओली बाहिरिएसँगै बालुवाटारमा पुरानो गठबन्धनको छलफल सुरु


काठमाडौं – राष्ट्रपतिको विषयमा छलफल गर्न पुरानो गठबन्धनको बैठक बालुवाटारमा सुरू भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेलगत्तै पुरानो गठबन्धनको बैठक सुरू भएको ।

बैठकमा माओवादीबाट प्रधानमन्त्री प्रचण्डसहित जनार्दन शर्मा, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका नेता घनश्याम भुसाल आइसकेका छन् ।

त्यसबाहेक पुरानो गठबन्धनले सिके राउत र महन्थ ठाकुरलाई पनि समेट्ने प्रयास गरेको जनाइएको छ ।

प्रतिक्रिया