विमानस्थलमा तीब्रगतिमा हावा आएपछि काठमाडाैंको आकाशमा घुमेको घुम्यै दुई जहाज !


काठमाडौं – कतार एयरवेज र मलेसियाबाट आएको मालिन्दो एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपूर्व ओभरसुट गर्नु परेको छ ।

जहाज आएकै दिशाबाट तीव्र गतिमा बहेको हावाका कारण यी दुई जहाज अवतरण गर्न नसकी पुनः आकाशमै फर्काइएको हो ।

सामान्यतया १० नट्स भन्दा कमको वहाव हुँदा जहाज अवतरण गर्न सक्छन् । तर, गति १५ नट्सभन्दा माथि भएपछि जहाज ओभरसुट गर्नु परेको हो । यी जहाज अहिले नेपाली आकाशमा घुमिरहेका छन् । चाप सामान्य भएपछि अवतरण गराइने कार्यालय स्रोतको भनाइ छ ।

प्रतिक्रिया