

जसपा कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार बैठक पार्टी कार्यालयमा आज बेलुका ६ बजे बस्नेछ।

