एमाले नेता चौलागाईंले गरे आत्महत्या


काठमाडौं – नेकपा एमालेका काठमाडौंका जिल्ला सदस्य पुण्यप्रसाद चौलागाई मृत फेला परेका छन् ।

शुक्रवार काठमाडौँको साँखुमा रहेको सलम्बुटारको जङ्गलमा झुन्डिएको अवस्थामा फेला परेको साँखु प्रहरीले जनाएको छ ।

उनी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट गोकर्णेश्वर नगर प्रमुखको उम्मेदवार बनेका थिए ।

सिन्धुपाल्चोकको भोटेचौर घर भएका उनी पछिल्लो समय काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा बस्दै आएका थिए ।

घटनास्थलमा भर्खरै प्रहरी पुगेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया